बुधबार, वैशाख ३, २०८२
13:17 | १८:०२

एनएनपी यूकेको नयां वर्ष कार्यक्रम १८ अप्रिल सांझ हुंदै

नेपाली लिङ्क अप्रिल १५, २०२५

लन्डन । लन्डन ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा कार्यरत नेपालीहरुको संस्था ‘एनएनपी नेपाली परिवार यूके’ ले नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ।

यही १८ अप्रिल सांझ ६ बजेदेखि ह्यारोको नेवा छे रेष्टुरेन्ट (माया पब) मा नेपाली नयां वर्ष २०८२ उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।

उक्त कार्यक्रममा उदयीमान गायिका पवित्रा गुरुङले विशेष प्रस्तुति दिनेछिन् । केही सातादेखि बेलायतमा सांगीतिक कार्यक्रम गरिरहेकी पवित्रा ‘भ्वाइस अफ नेपाल सिजन ४’ की प्रतिष्पर्धी हुन् ।

उनको गायन र विशाल मोक्तानको डिजेले कार्यक्रममा माहोल तताउने विश्वास आयोजकको छ । आयोजकले संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरु र बाहिरका इच्छुक नेपालीलाई समेत कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान, रात्रीभोज र नाचगानमा रमाउन अपिल गरेको छ ।

विशाल मोक्तान, इन्द्रजित गुरुङ, भूपेन्द्र घले, अर्जुन बोहोरा लगायत युवाले ‘लिड’ गरिरहेको एनएनपी नेपाली परिवार यूकेले नेपालमा प्राकृतिक प्रकोपमा आर्थिक सहयोग र आपतविपत परेका व्यक्तिलाई राहत प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू