बुधबार, वैशाख ३, २०८२
दूतावासको कन्सुलर शिविर अब आयरल्याण्डमा, राहदानीसहितका सेवा उपलव्ध गराइने


नेपाली लिङ्क
अप्रिल १४, २०२५
लन्डन । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने तयारी गरेको छ ।
यही ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा शिविर हुंदैछ ।
दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले समेत नवीकरण गराउन सक्ने जनाएको छ ।
सेवाग्राहीहरुलाई राहदानीबाहेक राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका सेवा उपलव्ध गराइने जनाउंदै दूतावासले शिविरबाट लाभ लिन आयरल्याण्डवासी नेपालीलाई आव्हान गरेको छ।
कन्सुलर शिविरबारे विस्तृत विवरण यहां छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५