बुधबार, वैशाख ३, २०८२
11:33 | १६:१८

दारी ग्याङ यूकेले प्रेस्टनमा मनायो नयां वर्ष

नेपाली लिङ्क अप्रिल १४, २०२५

लन्डन । दारी ग्याङ यूकेले बेलायतको प्रेस्टनमा एक कार्यक्रमबीच नयां वर्षलाई स्वागत गरेको छ । आइतबार प्रेस्टनस्थित डेट्रोइट क्लवमा कार्यक्रम भएको हो ।

विदेशी भूमिमा रहेर पनि मौलिक नेपाली परम्परा, संस्कृति र पहिचान जगेर्ना गर्ने एउटा महत्वपूर्ण प्रयासको रुपमा कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

‘कार्यक्रमले विदेशमा हामी सबै अध्ययन र रोजगारीका कारण व्यस्त जीवन बिताइरहँदा केही समय साथीभाइसँग भलाकुसारी, शुभकामना आदानप्रदान, गीतसंगीत र नृत्यमार्फत मनोरन्जन दिलाउने अवसर पनि प्रदान गरेको थियो’, आयोजक संस्थाका एक सदस्य सुशील गौतमले बताए ।

उक्त कार्यक्रममा आयोजकले च्यारिटी (परोपकार) कार्यका लागि केही रकम समेत संकलन गरे । सहभागीबाट संकलित २१० पाउण्ड (करिब ३७ हजार रुपैयाँ) ललितपुरस्थित तुलसालय आश्रममा खाद्य सामग्री वितरण 
गर्ने योजना बनाइएको दारी ग्याङ यूकेले जनाएको छ । आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू