शनिबार, वैशाख ६, २०८२
05:04 | ०९:४९

बेलायतमा घर किन्दा तिर्नुपर्ने ‘स्टयाम्प ड्युटी’ कर बढ्यो

नेपाली लिङ्क अप्रिल ८, २०२५

लन्डन- बेलायतमा नयाँ घर किन्दा बुझाउनुपर्ने स्टयाम्प ड्युटी शीर्षकको कर बढाइएको छ।

यही अप्रिल १ तारिखदेखि स्टयाम्प ड्यटीसम्बन्धि नयाँ नीति लागू भएपछि घर किन्दा यसअघिको भन्दा झन् धेरै कर बुझाउनुपर्ने भएको छ।

परिवर्तित व्यवस्थाअनुसार यसअघि २ लाख ५० हजार पाउन्डभन्दा माथिको मूल्यका लागि बुझाउनुपर्ने उक्त शुल्क अब १ लाख २५ हजार पाउण्ड माथिको लागि बुझाउनुपर्ने भएको छ।

त्यस्तै, पहिलो घर किन्दा यसअघि ४ लाख २५ हजार पाउण्डसम्मको मूल्यमा स्टायम्प ड्युटी बुझाउनु नपर्ने सुविधा रहेकोमा अब त्यो सुविधा घटाएर तीन लाख पाउन्डसम्मको मूल्यमा मात्रै सिमित गरिएको छ।

स्टयाम्प ड्युटीबापत सामान्यतया १ लाख २५ हजार पाउण्डसम्मको मूल्यका लागि कुनै शुल्क बुझाउनुपर्दैन। १ लाख २५ हजार पाउण्डदेखि साढे २ लाख पाउण्डसम्मको मूल्यका लागि त्यसको २ प्रतिशतका दरले कर तिर्नुपर्छ भने साढे २ लाख पाउण्डदेखि ९ लाख २५ हजार पाउण्डसम्मको मूल्यमा त्यसको ५ प्रतिशत कर बुझाउनुपर्छ ।

त्यस भन्दामाथि साढे १ मिलियन अर्थात् १५ लाख पाउण्डसम्मको मूल्यका लागि भने १० प्रतिशतका दरले बुझाउनुपर्छ ।

पहिलोपटक घर किन्नेहरुलाई भने पहिलो ३ लाख पाउण्डसम्मको मूल्यमा निशुल्क छ । ३ लाखदेखि ५ लाखसम्मको लागि ५ प्रतिशत बुझाउनुपर्छ भने त्यसभन्दा माथि मूल्यका लागि अन्य आमग्राहकले जस्तै बुझाउनुपर्ने व्यवस्था छ।

स्टयाम्प ड्युटीसम्बन्धि पछिल्लो परिवर्तन र यसले पार्ने असरहरुबारे बेलायतमा फाइनान्सियल सेवा प्रदान गर्दै आएको किंग्सगेट फाइनान्सका प्रवन्ध निर्देशक प्रजेश श्रेष्ठबाट अपडेट समेटेएिको भिडियो सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू