मंगलबार, चैत २५, २०८१
21:50 | ०२:३५

लार्के पासजाने क्रममा एक्कासी ढलेका बेलायती नागरिकको मृत्यु

नेपाली लिङ्क अप्रिल ६, २०२५

काठमाडौं । लार्के पास चढ्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बेलायती नागरिक ६१ वर्षीय थोम्सन आयनको मृत्यु भएको जनाएका छन् ।

लार्के पास जांदा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको डीएसपी सुवेदीले जनाए ।

हेलीमार्फत प्रहरी घटनास्थल जाने तयारी भएपनि मौसमका कारण आइतबार हेली उडान हुन नसकेको सुवेदीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू