मंगलबार, मंसिर ११, २०८१
21:28
|
०३:१३
कोरोनाका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित
रासस-एएफपी
अगस्ट १२, २०२०
अकल्याण्ड-२८ साउन- न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण यहाँको निर्वाचन अनिश्चत बनेको समाचार छ । न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ ।
यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप रहेकोमा हाल भने प्रकोप रहेको छैन । तर पनि यहाँ कोरोना भाइरसको अर्काे वेभ आउनसक्ने भएकोले गर्दा आगामी संसदीय निर्वाचन हुने भनिएकोमा त्यसको त्रास रहेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले केही दिनमै लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए ।
सो सुझावअनुसार यहाँको सरकारले लकडाउन गर्नसक्ने अनुमान पनि गरिएको छ । सोही कारण यहाँको आम निर्वाचन पनि नहुने हो कि भन्ने त्रास बढेको बताइएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डरिनले लकडाउन गर्नु पर्ने या नपर्ने भन्ने विषयमा यहाँका स्वास्थ्य अधिकारीहरुसँग भेट तथा परामर्श गरिरहनु भएको बताइएको छ ।
यहाँका लाखौँ नागरिक होम स्टेमा बस्नुपर्ने अवस्था पनि हुनसक्ने अनुमान गरिएकोले गर्दा प्रधानमन्त्री जासिन्डाले यस विषयमा यहाँका स्वासथ्य अधिकारीहरुसँग परामर्श गरिरहनु भएको बताइएको हो । यहाँ आगामी सेप्टेम्बर १९ तारिख संसदको निर्वाचन हुने भएको छ । तर, सो निर्वाचन केही समय परसार्नु पर्ने बारेमा प्रधानमन्त्रीले छलफल थाल्नुभएको हो ।
न्युजिल्याण्डको संसदको म्याद यही बुधबार सकिएको छ । यस अगाडि सेप्टेम्बरका लागि निर्वाचन तोकिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ