मंगलबार, चैत १८, २०८१
11:59 | १६:४४

बेलायतका साहित्यकार बजगाईंलाई ‘वनिताश्री व्यथित काव्य सम्मान’

नेपाली लिङ्क मार्च २६, २०२५

लन्डन– बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंलाई ‘वनिताश्री व्यथित काव्य सम्मान २०८२’ बाट सम्मानित गरिने भएको छ ।

बजगाईंका नियात्रा, कथा, लघुकथा, जापानी कविता हाइकु र बालसाहित्यका दुई दर्जन पुस्तक प्रकाशित छन् ।

विगत १८ वर्षदेखि साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कम र विगत ८ वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’का प्रधान सम्पादक रहेका बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष हुन् ।

वि.सं. २०५६ सालदेखि प्रकाशित हुँदै आएको वनिता साहित्यिक पत्रिकाले दुई दशकदेखि साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रका स्रष्टाहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । वनिता साहित्यिक पत्रिकाद्वारा विविध विद्यामा प्रदान गरिने २०८२ र २०८३ सालको नगद राशि सहितको पुरस्कार र सम्मान विभिन्न स्रष्टाहरुले प्राप्त गरेका छन् ।

‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल २०८२’ कवि, नाट्यकर्मी अशेष मल्ललाई, ‘वनिता विशेष रन्जुश्री–दामोदर नियात्रा पुरस्कार २०८२’ नियात्राकार चन्द्रप्रसाद भट्टराईलाई, ‘वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान २०८२’ बालसाहित्यकार डा. देवी नेपाललाई, ‘वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान २०८३’ बालसाहित्यकार ललिता दोषीलाई, ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान २०८२’ समालोचक ज्ञानु अधिकारीलाई र ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान २०८३’ समालोचक डा. शैलजा पोखरेललाई प्रदान गरिएको छ ।

त्यस्तै गरी ‘वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान २०८२’ कथाकार गोविन्द गिरी प्रेरणालाई, ‘वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान २०८३’ कथाकार सीता पाण्डेलाई, ‘वनिताश्री व्यथित काव्य सम्मान २०८३’ कवि प्रद्युम्न जोशीलाई, वनिता रन्जुश्री–दामोदर नियात्रा पुरस्कार २०८२’ नियात्राकार श्रीओम श्रेष्ठ रोदनलाई, वनिता रन्जुश्री–दामोदर नियात्रा पुरस्कार २०८३’ नियात्राकार जय छान्छालाई, ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार २०८२ कवि मीन कुमार श्रेष्ठ नवोदितलाई, ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार २०८३, साहित्यकार ओम रिजाललाई, ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय विशेष सम्मान २०८२’ पत्रकार शरद सुवेदीलाई,‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय डायस्पोरा बालसाहित्य सम्मान २०८३’ साहित्यकार विमला निरौलालाई, ‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ काठमाडौं विध्याकुन्ज स्कुलका विद्यार्थीहरु सिर्जना धामी, आहाना महर्जन र निलिमा तामाङलाई प्रदान गरिने भएको छ ।

त्यस्तै ‘यज्ञमाया वनिताशुभ स्मृति सम्मान’ आङफुटी शेर्पालाई र डा. हर्ष स्मृति वनिताशुभ सम्मान’ ईश्वर सिटौलालाई प्रदान गरिने भएको छ ।

उक्त पुरस्कार तथा सम्मानहरु २०८२ साल वैशाख ५ गते शुक्रबार काठमाडौँमा एक भव्य समारोहमा प्रदान गरिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू