पासा पुचः गुथि अल्डरसटमा चुनियो युवा नेतृत्व, अध्यक्ष बने प्रजेश
कार्यसमितिमा ९० प्रतिशत बढी युवा


लन्डन- पासा पुचः गुथि यूकेको अल्डरसट शाखामा नयाँ नेतृत्व चयन भएको छ।
आइतबार अल्डरसटस्थित द प्यालेसमा सम्पन्न शाखाको अधिवेशनले प्रजेश श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
१९ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ । शाखाको नवनिर्वाचित कार्यसमितिमा अध्यक्षसहित ९० प्रतिशत बढी पदाधिकारी एवम् सदस्य युवा छन्।
श्रेष्ठको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा श्याम श्रेष्ठ र साइमन शाही उपाध्यक्ष, न्यूसन श्रेष्ठ महासचिव, प्रणयराज शाक्य सहसचिव, रोज शाही कोषाध्यक्ष र सुहित श्रेष्ठ सहकोषाध्यक्ष छन्।
त्यसैगरी, राजीव राजभण्डारी खेलकुद सचिव, सुलभ कायस्थ युवा संयोजक, गगन डंगोल र श्याम प्रजापति सांस्कृतिक सचिव, सविना प्रजापति गुरुङ महिला संयोजक, विकेश श्रेष्ठ मिडिया संयोजक र सिजन श्रेष्ठ अफिसियल फेटोग्राफर चुनिएका छन्।
कार्यसमिति सदस्यमा पूर्णलाल महर्जन, रञ्जना बाती, मनिष श्रेष्ठ, प्रज्ञा श्रेष्ठ र सुसाता मल्ल चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष प्रजेश श्रेष्ठ
अध्यक्ष निर्वाचित श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिव थिए। विगत ६ वर्षदेखि विभिन्न जिम्मेवारीमा रहेर संस्थामा क्रियाशिल उनी दुई कार्यकाल पासा पुचः गुथि यूके केन्द्र (बिओटी) को सचिवालयमा रहेर पनि काम गरिसकेका छन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन संयोजक मदनमान श्रेष्ठले शपथग्रहण गराएका थिए । निर्वाचन संयोजकको भूमिकामा परशुराम बदगामी, शुक्र श्रेष्ठ, राजन मल्ल र हरिकुमार श्रेष्ठ पनि थिए।
शाखाका निवर्तमान अध्यक्ष केशव श्रेष्ठ, पासा पुचः गुथि यूकेका रेडिङ शाखा अध्यक्ष दिव्य महर्जनलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । गुथिका यूके केन्द्रीय अध्यक्ष सुशिल प्रजापतिले पनि निर्वाचित समतिलाई बधाई तथा शुभकामना र निवर्तमान समितिलाई धन्यवाद सन्देश पठाएका थिए।
शाखाको नेतृत्व लिंदै गर्दा नवनिर्वाचित अध्यक्ष प्रजेश श्रेष्ठले संस्थाको नियमित संस्कृति, परम्परा प्रवर्द्धनको प्रयासलाई निरन्तर राख्नुका साथै युवा सहभागिता बढाउनु आफ्नो मूल प्राथमिकता हुने बताएका छन् ।
‘युवाहरुलाई संस्थाका कार्यक्रममा उपस्थित गराएर मात्रै पुग्दैन। उनीहरु आफैलाई इन्भल्भ गराउँदै उनीहरुमा पनि नेतृत्व क्षमता विकास गर्दै जानुपर्ने हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘संस्कृति, परम्परामा मात्र होइन संस्थामा आउने युवाहरुले आफ्नो व्यक्तिगत विकास र प्रोफेसनल करियरमा पनि सहयोग पाउन सक्ने वातावरण बनाउन मैले सक्दो कोशिस् गर्नेछु।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५