बुधबार, चैत ५, २०८१
18:56 | ००:४१

डा. शेष घले शनिबार लन्डन आइपुग्ने, स्वागतका लागि सहभागी भइदिन आव्हान

नेपाली लिङ्क मार्च १८, २०२५

लन्डन । एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा. शेष घले २२ मार्च शनिबार लन्डन आइपुग्ने भएका छन् । गैर आवासीय नेपाली संघ यूकेले २३ मार्चमा अल्डरसटमा गर्न लागेको एकता अधिवेशनका लागि घले बिहान ७ बजे हिथ्रो टर्मिनल ३ उत्रने भएका हुन् ।  

डा. घले विमानस्थलमा उत्रिंदा उनलाई स्वागत सम्मानका लागि सहभागी भइदिन एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अपिल गरेका छन् । ‘एनआरएनए एकताका लागि कतिवद्द एकजना अग्रज अभियन्ता आउंदा स्वागत गरेर ऐक्यबद्धता जनाइदिन मेरो आग्रह छ’- गाहामगरले भने । 

एनआरएनएभित्रको सबै मतभेद अन्त्य गरि संघलाई लयमा फर्काउन सम्मानित सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गर्न आदेश दिएपछि उच्चस्तरीय समितिले काठमाडौंमा ३ देखि ५ मेमा र यूकेले उच्चस्तरीय समितिकै निर्देशनमा २३ मार्च २०२५ मा बेलायतमा एकता अधिवेशन गर्न लागेको हो । 

द प्यालेस हलमा अधिवेशन शुरु अघि सबैजना प्रिन्सेस गार्डेनस्थित प्रथम भिसी कुलवीर थापाको सालिक अगाडि ११ बजे बिहान भेला भएर पन्चेबाजा, पाइपरका साथ हल प्रवेश गर्ने योजना बनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू