मंगलबार, चैत ४, २०८१
09:03 | १४:४८

नेपाल प्रहरीको ३१औं आइजिपी बने थापा

नेपाली लिङ्क मार्च १७, २०२५

काठमाडौं- सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताए। मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बनेका छन्।

महानिरीक्षक नियुक्त थापाको जन्म २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा भएको हो। उनले कानुनमा स्नातक, राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरिया गएका उनले विदेश र स्वदेश गरेर २५ तालिममा सहभागी भएका छन्।

थापाले प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री र संयुक्त राष्ट्रसंघको ३ गरी विभिन्न ८ वटा पदक तथा विभूषण प्राप्त गरेका छन्।

उनी प्रहरी कार्य, मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापन तथा विपद् व्यवस्थापन विज्ञको रूपमा पनि चिनिन्छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू