बिहीबार, पुष ११, २०८१
12:29
|
१८:१४
महामारीपछि बेलायतमा ७ लाख बढीले गुमाए रोजगारी
बेरोजगारी भत्ता लिनेको संख्या दोब्बर
नेपाली लिङ्क
अगस्ट ११, २०२०
लन्डन । कोरोना महामारी शुरु भएयता बेलायतमा ७ लाख बढीले रोजगारी गुमाएका छन् ।
कोरोना संक्रमण नियन्त्रणको प्रयासमा लकडाउन लागू भएपछिको अवधिमा कूल ७ लाख ३० हजार जनाले रोजगारी गुमाएको तथ्यांकले देखाएको छ ।
अफिस फर नेशनल स्टाटिस्टिक्स् (ओएनएस) द्वारा सार्वजनिक तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्रै रोजगारीमा रहने मानिसको संख्या ८१ हजारले घटेको छ ।
लकडाउनका बेला व्यवसायहरु टिकाइराख्न तथा बेरोजगारी बढ्न नदिन भन्दै बेलायत सरकारले विभिन्न राहत तथा सहायता प्याकेज उपलब्ध गराएको भएपनि बेरोजगारी भने बढिरहेको छ ।
ओेएनएसको तथ्यांकले रोजगारीमा नरहेर वा आम्दानी घटेर सरकारी भत्ताको लागि आवेदन गर्नेको संख्या समेत उल्लेख्य रुपमा बढेको देखाएको छ । जुन संख्या गत मार्चदेखि जुलाईसम्मको अवधिमा १ सय १७ प्रतिशतले बढेर २७ लाख पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५