ठगी आरोपी नेम्वाङले संस्थाको नाम जोडेर चरित्रहत्या गरेपछि सत्याग्रहको आपत्ति



सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई
लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो संगठनसंग जोडेर बेलायतका पत्रकार नवीन पोखरेलको चरित्रहत्या गरेकामा आपत्ति प्रकट गरेको छ ।
समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बिहीबार एक वक्तव्य जारी गर्दै सूर्य नेम्वाङ भन्ने व्यक्तिले सामाजिक सञ्जालमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालसँग नाम जोडेर पत्रकार पोखरेलको चरित्र हत्या गरेकोप्रति घोर आपत्ति जनाएका हुन् ।
समितिले अहिलेसम्म कुनै पनि सञ्चारकर्मीलाई आर्थिक सहायता प्रदान गर्ने वा प्रलोभनमा पार्ने काम गरेको छैन भन्दै वक्तव्यमा आफैं चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलव ख्वाएको भन्ने हास्यास्पद आरोप तल्लोस्तरको मनोगत सोच बाहेक केही नभएको उल्लेख छ ।
वक्तव्यमा आधारधीन लान्छना लगाएर पोखरेलजस्ता कलमजिवीहरुको मनोवल गिराउन खोज्ने सूर्य नेम्वाङको कार्य निन्दनीय र भर्त्सनायोग्य छ भनिएको छ ।
‘निस्वार्थ पत्रकारिता गरिरहेका पत्रकार पोखरेललाई सूर्य नेम्वाङ ठगी कान्डमा हिरासत परेको भन्ने सत्य तथ्यगत समाचार लेखेकै कारण निच र सतही आरोप लगाउनुको पछाडि उनी कोहीबाट सञ्चालित छन् भन्ने स्पष्ट छ’, वक्तव्यमा छ, ‘यसबाट भ्रममा नपर्न सबैलाई अनुरोध गर्दै समिति सामाजिक सञ्जालमा आएका कमेन्ट र नेम्वाङको आरोपको कडा शब्दमा खन्डन गर्दछ । साथै गोर्खा आन्दोलनमा पत्रकार पोखरेलले पुरयाएको अतुलनीय योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दैछौं ।’
बेलायतमा भूतपूर्व गोर्खाहरुको लाखौं पाउण्ड ठगी गरेको आरोपमा नेम्वाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । गत वर्ष नेपालमा १९ दिन प्रहरी हिरासतमा रहेर धरौटीमा छुटेका उनले लन्डनमा पनि अनधिकृत पैसा उठाउन छाडेका छैनन् । मुद्दाको तारिख बुझ्न नेपाल जान लाग्दा लन्डन प्रहरीले समेत हिथ्रो विमानस्थलबाट गिरफ्तार गरेर उनी ८ दिन हिरासतमा रहेका थिए । बेलायत प्रहरीले अहिले उनको पासपोर्ट ‘होल्ड’ गरेर यात्रा प्रतिवन्धसहित अनुसन्धान जारी राखेको छ । ‘अनुसन्धान भइरहेकाले सम्भवतः महिना दिनभित्र बेलायतमा समेत मुद्दा दर्ता गर्ने तयारी छ’, श्रोतले भन्यो ।
नेम्वाङबाट धेरै बुढाबुढी ठगिएको गुनासो आएपछि सत्याग्रहले सन् २०१७ मै उनलाई निष्क्रिय गरेको थियो । सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले पीडितहरुको गुनासोबारे अवगत गराउंदा नेम्वाङले उल्टै आफूलाई अपशब्द बोलेको स्मरण गरे । उसले धेरै पीडितलाई आफ्नो सन्तानको केस बिग्रन्छ भन्ने डर देखाएर बाहिर आउन नदिएको राईले बताए ।
सत्याग्रहको वक्तव्यः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५