जल सुरक्षासम्वन्धी मन्त्रीस्तरीय छलफलमा भाग लिन मन्त्री शाही लन्डनमा

नेपाली लिङ्क मार्च १३, २०२५

लन्डनको नेपाली दूतावासमा मन्त्री शाहीलाई स्वागत गर्दै राजदूत चन्द्र कुमार घिमिरे

लन्डन- नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही बेलायत आइपुगेका छन्।

बेलायती विदेश मन्त्रालयको निमन्त्रणामा जल सुरक्षासम्बन्धी एक मन्त्रीस्तरीय ‘राउण्ड टेबल छलफल’ मा भाग लिन उनी बिहीबार बिहान लन्डन आइपुगेका हुन्।

मन्त्री शाहीलाई लन्डन हिथ्रो एयरपोर्टमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले स्वागत गरेका थिए।

लन्डन आएलगत्तै विहीबार नै मन्त्री शाहीले विभिन्न मुलुकबाट मन्त्री स्तरमा प्रतिनिधित्व रहेको राउण्ड टेबल छलफलमा भाग लिएका छन्। उक्त कार्यक्रमका सहभागीहरुका लागि बिहीबार बेलुका बकिंगहम प्यालेसमा बेलायती राजा चार्ल्सले ‘होस्ट’ गर्ने रिसेप्सनमा उनी सहभागी हुनेछन्।

मन्त्री शाहीको स्वागत र सम्मानमा शुक्रबार साँझ लन्डनको नेपाली दूतावासमा पनि एक ‘मिट एण्ड ग्रिट’ कार्यक्रम राखिएको छ। सो अवसरमा उनले यहाँको नेपाली समुदायका प्रतिनिधिसंग अन्तरक्रिया गर्नेछन्।

शुक्रबार नै मन्त्री शाहीले बेलायतका केही सरकारी अधिकारी र राजनीतिज्ञहरुलाई पनि भेट्ने योजना छ । बेलायत भ्रमण पूरा गरी यही शनिबार उनी स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू