शुक्रबार, फागुन ३०, २०८१
11:53 | १७:३८

होलीमा रंगिए विदेशी पर्यटक (फोटोफिचर)

नेपाली लिङ्क मार्च १३, २०२५

काठमाडौँ– काठमाडौं वसन्तपुर क्षेत्रमा बिहानैदेखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एकआपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाएका छन् ।

विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्र नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ्ग, अबिर लगाएर नाचगान गरेर होली मनाएका छन् ।

हेरौं तस्विरहरु:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू