सोमबार, फागुन २६, २०८१
15:03 | २०:४८

रवि लामिछानेले दिएको धरौटी खारेजी निवेदन उच्च अदालतमा दर्ता

नेपाली लिङ्क मार्च १०, २०२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दिएको धरौटी खारेजी सम्बन्धि निवेदन उच्च अदालत बुटवलमा दर्ता भएको छ  ।

रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत बुटवल इजलास पुगेका हुन् ।

बुटवल इजलासले दिएको जानकारी अनुसार लामिछानेको निवेदन दर्ता भइसकेको छ । लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालीमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

पछिल्लो समय मौन बस्दै आएका लामिछानेले समय आएपछि बोल्ने प्रतिक्रिया दिएका छन् । ‘म बोल्ने मान्छे हुँ, समयको प्रतिक्षामा छु’ उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू