आइतबार, फागुन २५, २०८१
18:01 | २३:४६

शर्मिला बर्देवाको आवाजमा घरेलु हिंसाविरुद्ध नयां गीत

नेपाली लिङ्क मार्च ८, २०२५

लन्डन । लन्डन निवासी गायिका शर्मिला बर्देवाको स्वर रहेको घरेलु हिंसाविरुद्ध सन्देशमूलक गीत सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन शनिबार गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

‘वांचुन्जेल हजुर कै मरे खोली तिर
यही काख हो अब राख्ने मैले शिर..’

‘माझी दाई’ शीर्षकमा सार्वजनिक उक्त गीत घरेलु हिंसा विरुद्ध लड्नेहरुका लागि शक्ति, आशा र सशक्तिकरणको सन्देश रहेको बताउंछिन् गायिका बर्देवा ।

‘आउनुहोस् हामी सँगै उभिऔं, हाम्रो आवाज उठाऔं र एउटा यस्तो संसार सिर्जना गरौं जहाँ प्रेम सधैं प्रवल हुन्छ’, उनले भनिन् ।

गायिका बर्देवाले महिला दिवसका अवसरमा कुनै पनि प्रकारका घरेलु हिंसा जस्तैः मनोवैज्ञानिक, भावनात्मक, शारीरिक, यौन, आर्थिक उत्पीडन र पीडाविरुद्ध उत्रन, बुझ्न र सशक्त बन्न पनि अपिल गरेकी छन् ।

डिपी खनालको शब्द र ध्रुव बिस्कोको संगीत रहेको उक्त गीत एरेन्ज, मिक्सिङ, मास्टरिङ, ब्याकग्राउण्ड नरेन्द्र बियोगीको छ । कथा र म्यूजिक भिडियो ध्रुव बिस्कोले नै निर्देशन गरेका हुन् ।

म्यूजिक भिडियोमा रमेश चन्द सोडारी, सविना खड्का, एनआर रिमाल, कमला विष्ट, शिक्षिता विश्वकर्मा र होमप्रकाश विष्टको अभिनय छ ।

हेरौं म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू