सोमबार, मंसिर १०, २०८१
21:44
|
०३:२९
विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण
रासस
अगस्ट १०, २०२०
काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीत धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन् । त्यसैगरी फिजियोमा आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ ।
बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ । भोलि हुने खेलाडीमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अनन्त तामाङ र अजित भण्डारी छन् ।
त्यसैगरी तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवासको कोरोना परीक्षण भोलि हुने एन्फाले जनाएको छ । विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ ।
फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रङ्गशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ । समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५