गेसो विवाद चरम उत्कर्षमा, कुमारलाई हटाएर बहादुर ल्याउने योजना
भावी नेतृत्व सत्याग्रह प्रमुख संयोजक कृष्णबहादुर राईलाई !


लन्डन । एक समय गोर्खा आन्दोलनमा अग्रणी भूमिका र नेतृत्व गरेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) भित्र अहिले आपसी विवाद चरम उत्कर्षमा पुगेको छ ।
गेसो संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई पक्षबीच केही समययता आरोप प्रत्यारोप चलिरहंदा विवाद नेतृत्व हेरफेरसम्म पुगेको हो ।
२८ फेब्रुअरी (फागुन ११ गते) मा सभापति राईलाई ६ पृष्ठ लामो पत्र पठाउंदै गुरुङले गेसो आन्दोलन र गोर्खा समाधि परियोजनामा धोका दिएको आरोपसहित शक्तिशाली समिति गठन गरि नेतृत्व हेरफेर गरिने चेतावनी दिएका छन्।
आउंदो जुन १८ तारिख भूतपूर्व गोर्खाहरुको एक शक्तिशाली समिति गठन गर्ने र भावी नेतृत्वको रुपमा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईलाई बेलायतसंग लड्न शक्तिशाली नेता बनाएर अगाडि सारिने गुरुङको पत्रमा उल्लेख छ ।
गोर्खा अभियन्ता कृष्णबहादुर राई गेसो अमेरिकाको १४ वर्ष सभापति थिए भने सन् २००६ मा बेलायत आएपछि सन् २००९ सम्म केन्द्रिय समितिमा रहेर काम गरे ।
सन् २००९ मा ४ वर्ष सेवा गरेका भूतपूर्व गोर्खाहरुलाई बेलायतले आवासीय अधिकार दिने निर्णय लगत्तै गेसोले अब आन्दोलन सकियो भनेपछि राई बाहिरिएका थिए । सन् २०१२ मा ६ संगठन मिलेर राईकै नेतृत्वमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति गठन भएको थियो ।
२७ वर्षसम्म नेतृत्व गरेर गत १९ सेप्टेम्बर २०१६ मा उपसभापति कृष्णकुमार राईलाई जिम्मेवारी हस्तान्तरण गरेको स्मरण गर्दै संस्थापक सभापति गुरुङले पत्रमा आफ्नै संस्थाले परिकल्पना गरेको र भूपू सैनिकहरुको करोडौं लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको परियोजना गोर्खा समाधि योजना ध्वस्त बनाएको र गेसोलाई समाप्त पारेर बेलायतको चाहना बमोजिम काम गरेको आरोप लगाउंदै राईलाई सभापति भन्ने कुनै नैतिक अधिकार नरहेको जिकिर गरेका छन्।
आफूले नेतृत्व हस्तान्तरण गर्दा गेसोमा हङकङ, मकाउ र बेलायतमा ११ वटा समिति रहेकामा अहिले राईसंग एउटा पनि समिति नरहेको दावी पत्रमा छ ।
गुरुङले गेसो संगठन र गोर्खा समाधि योजना तुहाउन तत्कालिन सचिव चन्द्रबहादुर गुरुङले पनि प्रमुख भूमिका खेलेको आरोप लगाएका छन् । गुरुङले बेलायती रक्षा मन्त्रालय (एमओडी) लाई सुराकी गर्ने गरेको र भूतपूर्व गोर्खाहरुसंग मुद्दा लडिदिन्छु भन्दै लाखौं पाउन्ड ठगी गरेको आरोप पत्रमा छ ।
पत्र जस्ताको तस्तैः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५