सोमबार, फागुन १२, २०८१
17:14 | २२:५९

लन्डनमा कांग्रेस शुभेच्छुकहरुले सम्झिए स्वर्गीय कोइराला

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२५

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले कांग्रेस पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सादगी नेता स्वर्गीय सुशील कोइरालाको १०औं स्मृति सभा र प्रजातन्त्र दिवसमा एक कार्यक्रम गरेको छ ।  

समितिले २३ फेब्रुअरी २०२३ आइतबार साउथइस्ट लन्डनस्थित लिटल काठमाडौंमा कार्यक्रम गरेको हो । कार्यक्रममा उपस्थित सबैले स्व. कोइरालाको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

समितिका सभापति युवराज सिंहको सभापतित्वमा आयोजित उक्त सभामा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्व, राजनीतिक योद्धा, समाजसेवी र लोकतन्त्रप्रेमी कांग्रेस शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा स्व. कोइरालाको जीवन, लोकतन्त्र र शान्तिका लागि उनको संघर्ष र नेपालको संविधान २०७२ मा उनको अतुलनीय योगदानबारे चर्चा गरिएको थियो। 

सहभागीहरूले स्व. कोइरालाको जीवनका प्रेरणादायक घटनाहरू स्मरण गर्दै उनको सादगी, इमान्दारी र त्यागलाई सम्मानका साथ स्मरण गरे।

स्व. कोइरालाको सादगी र इमान्दारीमा आधारित राजनीतिक दर्शनलाई उजागर गर्दै उनलाई ‘शान्तिदूत’ को रूपमा स्मरण गरिएको थियो। 

कार्यक्रमका सहभागीले यूकेमा बसोबास गर्ने नेपालीहरूले लोकतन्त्र र राष्ट्रनिर्माणको महत्त्वमा जोड दिँदै एकताको सन्देशलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए 

कार्यक्रममा प्रमुख अतिथि डा. धर्म थापा, विशेष अतिथि कांग्रेस नेता भोज कुमार गुरुङ, महामन्त्री विनय दाहाल, सह महामन्त्री सुरेन्द्र गुरुङ र शालिक राम पाण्डेय लगायतले स्व. कोइरालाको व्यक्तित्व र नेपालको लोकतान्त्रिक इतिहासमा उनको योगदानमाथि चर्चा गरे। 

उपसभापति असल लिम्बुले संगठनको महत्त्व र यसले नेपाली कांग्रेसलाई गर्ने योगदानबारे चर्चा गरे । 


सभापति युवराज सिंहले स्व. कोइरालाको विरासतलाई कायम राख्ने अभियान र नेपाली लोकतान्त्रिक आन्दोलन तथा संविधान निर्माणमा उनले पुर्‍याएको योगदानको चर्चा गर्नुका साथै समुदायले निरन्तर साथ दिने आशा व्यक्त गरे। 

सिंहले सबै सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रम अझ व्यापक रूपमा आयोजना गर्ने प्रतिवद्धता पनि जनाए। सभापति सिंहले उपस्थिति र सहयोगका लागि सबैमा आभार व्यक्त गरे। 

उक्त कार्यक्रमको सहजीकरण महासचिव कुश बस्नेतले गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू