राजदूत घिमिरेलाई बुद्ध फाउन्डेसनको स्वागत, बुद्धजयन्ती तयारीबारे छलफल
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन– बुद्ध फाउन्डेसन यूकेले गत महिना मात्रै कार्यभार सम्हालेका बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा कार्यसमिति पदाधिकारी र सल्लाहकारको टोली बुधबार लन्डन दूतावास पुगेर नयाँ राजदूतलाई संस्थागत स्वागत गरिएको हो।
सोहि अवसरमा दूतावाससमेतको सहकार्यमा फाउन्डेसनले आगामी मे पहिलो साता लन्डन ट्राफल्गर स्क्वायरमा गर्ने बुद्धजयन्ती कार्यक्रम तयारीबारे पनि छलफल भएको छ।
फाउन्डेसनका तर्फबाट अध्यक्ष श्रेष्ठले राजदूत घिमिरेलाई खादा र पुष्पगुच्छाले स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए। उनले बुद्ध फाउन्डेसन यूकेले विगतदेखि नै दूतावाससंग गर्दै आएको निकट सहकार्य राजदूत घिमिरेको कार्यकालमा झन् सुदृढ बन्ने आशा व्यक्त गरे।
फाउन्डेसनका सल्लाहकार फडिन्द्र भट्टराईले संस्था स्थापनाको सन्दर्भ, अवधारणा र उद्धेश्यबारे प्रकाश पारे । फाउन्डेसनले हालसम्म गर्दै आएका बुद्धजयन्ती कार्यक्रमसहितका गतिविधिबारे एक प्रिजेन्टेसनमार्फत् जानकारी गराइएको थियो।
राजदूत घिमिरेले स्वागतका लागि फाउन्डेसनलाई धन्यवाद दिए। उनले फाउन्डेसनले गर्दै आएका कामहरुको प्रशंसा गरे । दूतावासबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिवद्धता राजदूत घिमिरेले गरे।
राजदूतको स्वागतका लागि फाउन्डेसनबाट अध्यक्ष श्रेष्ठसंगै उपाध्यक्षहरु अर्जुन कटुवाल र सुशील प्रजापति, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा, कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, राम थापा, ध्रुवहरि बास्कोटा, सम्झना महत तथा सल्लाहकारहरु फडिन्द्र भट्टराई र विनोद ज्ञवालीलगायत दूतावास पुगेका थिए।
छलफलमा दूतावासबाट प्रथम सेक्रेटरी उद्धव न्यौपाने पनि सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५