शनिबार, माघ २६, २०८१
23:09 | ०४:५४

६ महिना नेपाल बस्दा ४६ वटा गीत रेकर्ड, लन्डन फर्किएर औधी मन पराएँ… (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२५

लन्डन । गायिका शर्मिला बर्देवा बेलायतको रजिस्टर्ड नर्स हुन् । यधपि, नर्सिङ भन्दा उनको लगाव र तन मन गायनमै छ ।

यसको पछिल्लो उदाहरण हो- गायन समर्पणकै कारण करिब ६ महिना नेपाल बसेर शर्मिलाले ४६ वटा गीत रेकर्ड गराई भर्खर लन्डन फर्किएकी छन् । 

नेपाल बस्दा उनले करिव ३० वटा आधुनिक-लोक गीत, ५ वटा भजन, ३ नेपाल भाषाका गीत, दुई मूभी गीत, दुईटा राम र गणेश भजन एवं केही गजल पनि रेकर्ड गराइन् ।  

कुनै आफ्नै लगानी, कुनै अरुको लगानीमा रेकर्ड भएका हुन् ति गीत । नेपाल बसाइमा उनले धेरै स्टेज शो समेत गरिन् । नयाँ पुरान पुस्ताहरुसँग काम गर्दा आफू एकदम सन्तुस्ट भएको अनुभव उनले सुनाइन् । गायन कर्ममा अनवरत साधना गरिरहने उनको अठोट छ ।  

नेपाल छँदा रेकर्ड गरिएका गीतहरु विस्तारै दर्शक श्रोतामाझ आउने क्रम शुरु भएको छ । लन्डन आउने बित्तिकै उनको एउटा नयाँ गीत ‘औधी मन पराएँ’ सार्वजनिक भएको छ ।

शर्मिला र नारायण थापाको स्वर रहेको उक्त गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो । म्यूजिक भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा प्रतिक्षा काफ्ले र प्रज्वलराज भट्टको अभिनय छ । मिक्सिङ-मास्टरिङ मनोज परियारले गरेका छन् । 

‘औधि मन पराएँ…’ गीतको शब्द हर्कबहादुर याक्थुङबा योङहाङले लेखेका हुन् भने संगीत तथा एरेन्ज राजेन्द्र बजगाइँको छ ।

शर्मिला बर्देवा अफिसियल यूट्युब च्यानलमा उपलब्ध छ गीत । गायिका बर्देवाले दर्शक श्रोतालाई निरन्तर माया अनि सद्भाव दर्शाइदिन आग्रह गरेकी छन् ।  

म्यूजिक भिडियो: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू