शुक्रबार, माघ २५, २०८१
02:51 | ०८:३६

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२५


चितवन- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

साथै सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राखेर सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ ।

लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । बुधबार थुनछेक बहस नसकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।

कास्की, काठमाडौँ र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू