बुधबार, माघ २३, २०८१
18:02
|
२३:४७
रवि लामिछानेलाई फेरि पठाइयो हिरासत
नेपाली लिङ्क
फ्रेब्रवरी ५, २०२५
चितवन- चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ।
बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ।
बुधबार लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका छन्। । जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५