मंगलबार, माघ २२, २०८१
18:04 | २३:४९

बेलायती राजकुमार दम्पती नेपालमा

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२५

काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयका भाइ राजकुमार एडवार्ड नेपाल पुगेका छन्।

पांच दिने निजी भ्रमणका क्रममा उनी नयाँदिल्ली हुँदै मंगलबार दिउँसो काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमार एडवार्डलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए ।

यसअघि मंगलबार नै राजकुमार एडवार्डकी पत्नी सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम छ ।

नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरस्थित एसओएस बालग्रामलगायत अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्प पुगेर हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन्।

त्यस्तै, उनीहरु हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको बताइएको छ ।

राजकुमार एडवार्ड र उनको टीम नेपाल भ्रमण पूरा गरी शनिबार बेलायत फर्कने कार्यक्रम छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू