शुक्रबार, माघ १८, २०८१
20:04 | ०१:४९

बेलायतको स्वास्थ्य सेवा ‘एनएचएस’ बारे वेबिनार गरिंदै

नेपाली लिङ्क जनवरी २९, २०२५

लन्डन – जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशन बेलायतले नेपालको स्वास्थ्य नीतिको सुधारका लागि एक बहस आयोजना गर्ने तयारी गरेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारको अभियानमा लागेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई नै सहभागी गराएर उक्त बहस गर्न लागिएको हो ।

‘बेलायतको स्वास्थ्य सेवा ‘एनएचएस’: नेपाललाई पाठ’ विषयमा यही फेब्रुअरी २ आइतबार भर्चुअल बहस आयोजना गरिएको जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशन बेलायतका सचिव इ. रामराज शर्माले जानकारी दिए। 

उक्त वेबिनारमा बेलायतको एनएचएसमा कार्यरत प्रा सत्यन राजभण्डारी, जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशन बेलायतका अध्यक्ष डा. सम्पूर्णानन्द ढुङ्गाना र नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रस्मिता दर्लामीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

अमेरिकाका वरिष्ठ चिकित्सक डा. केशव पौडेल र बेलायतका अस्पताल व्यवस्थापन विज्ञ  डा.बच्चु कैलाश कैनीले टिप्पणी गर्नेछन् । “बेलायतको स्वास्थ्य प्रणाली संसारमै उत्कृष्टताको लागि चिनिएको छ। नेपालको स्वास्थ्य सेवामा सुधार गर्न यो छलफल कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ,” केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले भने । 

उनले वेबिनारमा सहभागिताका लागि संसारभरिका नेपाली स्वास्थ्यकर्मीलगायत सबैलाई आग्रह पनि गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू