बुधबार, माघ ९, २०८१
06:59 | १२:४४

ट्रम्प आउने बित्तिकै डब्लुएचओबाट बाहिरियो अमेरिका

रासस/एएनआई जनवरी २१, २०२५

जेनेभा, माघ ८ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लुएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि यो भनाइ आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,“विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाका लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्लुएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गरेको छ ।

“सात दशकभन्दा बढी समयदेखि डब्लुएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लुएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन्,” विज्ञप्तिमार्फत डब्लुएचओले भनेको छ, “हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्लुएचओबीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू