शनिबार, माघ ५, २०८१
21:02 | ०२:४७

बेलायतका लागि नवनियुक्त राजदूत घिमिरे लन्डन आएर सम्हाले कार्यभार

नेपाली लिङ्क जनवरी १७, २०२५


लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे बेलायत आइपुगेका छन् ।  

शुक्रबार बिहान टर्मिनल ५ मा ओर्लंदा राजदूत घिमिरे र उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पेरी, उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावास कर्मचारीले स्वागत गरेका थिए । 

मिसनमा २३ औं राजदूतका रुपमा घिमिरेले आजैबाट कार्यभार सम्हालेको दूतावासले जनायो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेको करिब तीन सातामा उनी बेलायत आएका हुन् । 

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्व सचिव हुन् । उनले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू