शनिबार, माघ ५, २०८१
22:31 | ०४:१६

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय

रासस/एएफपी जनवरी १७, २०२५

इमरान खान । तस्विर- एएफपी

रावलपिण्डी (पाकिस्तान), माघ ४ गते । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसैलमा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” 

खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब दुई सयवटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कन रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् तर फैसलापछि उनलाई शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । 

शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू