सोमबार, पुष २९, २०८१
17:05 | २२:५०

भ्रष्टाचारविरुद्ध युवाहरु अब सडकमा ओेइरिने छन्: अभियन्ता खड्का

नेपाली लिङ्क जनवरी १३, २०२५


लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले शनिबार लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो ।

पुष २७ कै दिन मनाइएको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीका क्रममा यसपटक युवा सहभागिता उल्लेख्य थियो । 

ति मध्ये वक्ताका रुपमा मुख्य आकर्षण बने उच्च शिक्षा अध्ययनका लागि हाल बेलायतमा रहेका भ्रष्टाचार विरोधी सडक संघर्ष संयुक्त नागरिक आन्दोलनका युवा अभियन्ता एवं राष्ट्रिय कराते खेलाडी विप्लव खड्का ।

खड्काले मन्तव्यका क्रममा पृथ्वी नारायण शाहको भ्रष्टाचार विरोधी नारा अहिले व्यवहारमा समेत लागू गरिनुपर्नेमा जोड दिए ।

‘उनको दिव्योपदेश क्याप्सन राख्नका लागि मात्र होइन्’, उनले थपे, ‘अहिले नेपाल भ्रष्टाचारको दलदलमा फसिरहंदा अब पृथ्वी नारायणको उपदेशलाई सार्थक हुने गरि कार्यान्वयन गरिनुपर्छ । भ्रष्टाचारविरुद्ध युवाहरु सधैं चुप लागेर बस्ने समय छैन् । सडकमा समेत आउनुपर्छ ।’


भ्रष्टाचार र राष्ट्रघाती सम्झौताविरुद्ध जनताको आवाज उठाउंदा राज्यले आफूलाई दर्जनौं पटक गिरफ्तार गरि काराकार समेत चलान गरेको उल्लेख गर्दै खड्काले जति चुनौति आएपनि सदैव मातृभूमिप्रति बफादार भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू