बिहीबार बेलायत आउँदै शेखर कोइराला, वेस्ट मिनिस्टरमा सम्बोधन गर्ने
लन्डन- नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला बेलायत भ्रमणमा आउने भएका छन् ।
बेलायतको संसद् (वेस्ट मिनिस्टर) परिसरमा हुने कार्यक्रममा सम्बोधन गर्न नेता डा कोइराला बिहीबार बेलायत आइपुग्ने भएका हुन् । कोइराला बेलुका १० बजे लन्डन हिथ्रो एअरपोर्ट टर्मिनल ४ मा उत्रिनेछन् ।
बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा जनवरी ९ मा नेपालबाट यहाँका लागि प्रस्थान गर्ने निश्चित भएको उनको सचिवालयले गत साता जानकारी दिएको थियो ।
उनले यही १३ जनवरी २०२५ का दिन संसद् परिसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा संबोधन गर्ने कार्यक्रम छ ।
संसद्को कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने सो कार्यक्रमको संयोजन गरिरहेका बेलायतस्थित कांग्रेस नेता आरके त्रिपाठीले जानकारी दिए ।
एक साता बेलायतमा रहंदा नेता कोइरालाले बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न स्थानमा नेपाली सुमदाय र कांग्रेस कार्यकर्तासंग पनि अन्तरक्रिया गर्नेछन् ।
नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज सिंहका अनुसार नेता कोइराला जनवरी १० मा साउथ ह्यारो, जनवरी ११ मा क्याम्ब्रिज र जनवरी १२ मा साउथ इष्ट लन्डनमा आयोजना हुने छुट्टाछ्ट्टै कार्यक्रममा सहभागी हुनेछन् ।
बेलायत भ्रमण पूरा गरी नेता कोइराला जनवरी १६ मा नेपाल फर्किने कार्यक्रम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५