शनिबार, पुष २०, २०८१
03:58 | ०९:४३

बेलैमा इ-भिजा परिवर्तन गर्न लन्डनस्थित नेपाली दूतावासको आव्हान

नेपाली लिङ्क डिसेम्बर २९, २०२४

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले समयसीमाभित्रै इ-भिजा सुरक्षित गर्न आव्हान गरेको छ ।

बेलायत सरकारकै अनुरोधमा दूतावासले एक सूचना प्रकाशित गरि यहांस्थित नेपाली समुदायलाई इ-भिजा परिवर्तन गर्न विलम्ब नगर्न सुझाएको हो ।

दूतावासले यूके भिजाज् एण्ड इमिग्रेसन (यूकेभिआइ) अकाउन्ट क्रियट गरेर इ भिजा कन्भर्ट गर्न सुझाव दिएको छ । १८ वर्ष मुनीका सन्तान र डिपेन्डेन्टका हकमा अभिभावकले अकाउन्ट खोल्न सघाउन सक्छन् ।

बेलायत सरकारले बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) कार्ड प्रतिस्थापन गरि डिजिटल इ–भिजा लागू 
गर्न लागेको म्याद डिसेम्बर ३१ सम्ममात्र छ । डिसेम्बर ३१ पछिको भिजा हुनेहरुले पनि अनिवार्य इ–भिजा परिवर्तन गर्नुपर्ने नियम ल्याइएको छ ।

तर, गृह मन्त्रालयले यात्रा गर्न भने पुरानै बीआरपी कार्डबाट मार्च ३१ सम्म मिल्ने बताएको छ ।

इ-भिजा व्यक्तिको अध्यागमन स्टाटस देखाउने एक अनलाइन रेकर्ड हो जसबाट यूके प्रवेश गर्न वा यूकेमा रहन अनुमतिका शर्तहरु देखाउंछ ।

इ-भिजा सुरक्षित र भौतिक जस्तो हराउने, चोरी हुने वा बिग्रने अवस्था नहुने गृह मन्त्रालयको भनाइ छ । यो यूके बोर्डरमा वा रोजगारदाता एवं घर मालिकहरुलाई आफ्नो अध्यागमन स्टाटस प्रमाणित गर्न पनि सजिलो र छिटो हुने सरकारको विश्वास छ ।

दूतावासको सूचना-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू