मंगलबार, पुष १६, २०८१
18:54 | ००:३९

बेलायती राजदूत दम्पत्तिले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाँठ

नेपाली लिङ्क डिसेम्बर २८, २०२४

काठमाडौं– नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (एनिभर्सरी) जनकपुरको जानकी मन्दिरमा मनाएका छन् ।

शनिबार बिहान जानकी मन्दिर परिसरमा राजदूत दम्पत्तिको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो । राजदूत दम्पत्तिले एनिभर्सरी मनाउंदा नेपाली पोसाक लगाएका थिए ।

राजदूत फेन दम्पत्तिले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताएका छन्।

वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत सहभागी थिए । 


संघीय सरकारले जनकपुरलाई वैवाहिक स्थल (म्यारिज डेस्टिनेसन) बनाउने नीति लिएको छ । बेलायतका राजदूत फेनले नेपाल सरकारको त्यही नीति अवलम्बन गरेर आफूहरुले जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ मनाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू