शुक्रबार, पुष १२, २०८१
18:05 | २३:५०

बुद्ध फाउन्डेसनको तेस्रो अधिवेशन १९ जनवरीमा, नयाँ नेतृत्व चुनिने

नेपाली लिङ्क डिसेम्बर २६, २०२४

लन्डन- बेलायतको क्रियाशिल सामाजिक संस्था बुद्ध फाउन्डेसन यूके आफ्नो अधिवेशन तयारीमा जुटेको छ ।

फाउन्डेसनको तेस्रो अधिवेशन आगामी १९ जनवरी आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा हुने तय भएको छ ।

अधिवेशनले फाउन्डेसनको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति निर्वाचनका लागि सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको छ । समितिमा सल्लाहकार फडिन्द्र भट्टराई सदस्य सचिव तथा सल्लाहकार विनोद ज्ञवाली, श्रीचन्द्र गुरुङ र शशी थापा सुब्बा सदस्य छन् ।

अध्यक्ष दीपक श्रेष्ठले अधिवेशनमा सहभागी हुन संस्थाका सबै सदस्य, सल्लाहकार एवं संघ संस्थाका प्रतिनिधिलाई आव्हान गरेका छन् । संस्थाको नयाँ नेतृत्व चयनदेखि भावी कार्यदिशा तर्जुमासम्मका महत्वपूर्ण कार्य रहेकाले अधिवेशनमा सबैको रचनात्मक सहभागिताको अपेक्षा गरिएको उनले बताए ।

सन् २०१७ मा स्थापना भएको बुद्ध फाउन्डसनको नेतृत्व हालसम्म संस्थापक अध्यक्ष दीपक श्रेष्ठको काँधमा छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्ने मूल उद्धेश्यसाथ लन्डनमा सुरु भएको अभियानले पछि फाउन्डेसनको रुप लिएको थियो। फाउन्डेसनले बुद्धको जन्मस्थल र शान्ति सन्देशको प्रचारप्रसार साथै लुम्बिनी र समग्र नेपालकै पर्यटन प्रवद्र्धनको लक्ष्य राखेर विभिन्न गतिविधि गर्दै आएको छ ।

लन्डनको ट्राफल्गर स्क्वारयमा बुद्धजयन्ती कार्यक्रम आयोजना गर्दै आएको फाउन्डेसनले बुद्धको जन्मस्थल कपिल्वस्तुमा झण्डै डेढ करोड लगानीमा निर्माण गरेको बुद्ध वृद्धाश्रम पनि अहिले करिब समापनको चरणमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू