शुक्रबार, पुष १२, २०८१
19:18 | ०१:०३

तमु ल्होछारका लागि लन्डन आइपुगे वरिष्ठ लामा गुप्ती

नेपाली लिङ्क डिसेम्बर २५, २०२४

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आयोजना गर्न लागेको तमू ल्होछार पर्वका लागि पोखराका वरिष्ठ बौद्ध धर्म गुरु गुप्ती गुरुङ बेलायत आइपुगेका छन् ।

मंगलबार २४ डिसेम्बर राती लण्डन आइपुगेका लामा गुरु गुप्तीलाई स्वागत गर्न बीसीसी यूकेका उपाध्यक्ष एवं तमु ल्होछार संयोजक क्याप्टेन देव घले, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार कमल गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा समूहकी सदस्य प्रेमा गुरुङलगायत सदस्यहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।

त्यस्तै, तमूधिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, घान्द्रुक समाज यूकेका निवर्तमान अध्यक्ष नारायणसिंह गुरुङ, पूर्व अध्यक्ष अर्जुन गुरुङ, घान्द्रुक काम्चे कोन्मय खलक यूके अध्यक्ष क्या. चन्द्र बहादुर गुरुङलगायत आफन्तजन, शुभचिन्तक र भक्तजनहरुले लामा गुरुलाई हिथ्रोमा खादाले स्वागत गरे ।

बीसीसी यूकेले आउंदो ३० डिसेम्बर सोमबार अल्डरसटस्थित गुम्बामा तमु ल्होछारको अवसरमा गर्न लागेको विशेष पूजापाठमा वरिष्ठ लामा गुप्ती गुरुङलाई निमन्त्रणा गरिएको हो । उनी घ्यासी पूजा, आयु पूजा, महाकाला पूजा, दीप प्रज्ज्वलन, साङ पूजालगायतका पूजाहरुमा सहभागी हुनेछन् ।

स्मरण रहोस् बीसीसी यूकेले तमु अर्थात गुरुङ जातिहरुको महान पर्व ल्होछारका दिन प्रत्येक वर्ष विशेष पूजा आयोजना गर्दै आएको छ । सो ल्होछार कार्यक्रममा सहभागी भइदिन बीसीसी यूकेले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू