सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बेलायती अवार्ड
लन्डन- नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायती अवार्ड प्राप्त गरेका छन् ।
श्रेष्ठलाई बेलायतस्थित डरहाम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको हो ।
दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मानित गरेको हो ।
पुरस्कार राशी ७ सय ४५ स्टर्लिङ पाउन्ड छ । माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।
सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा आफूलाई अघि सारेका विश्वविद्यालयले जनाएको छ ।
सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनर्प्राप्तिका कानुनी मुद्दाहरूमा शिक्षित गरेपछि श्रेष्ठले आफूलाई सीमा अध्ययनमा केन्द्रित गरे । ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका विषय समेटेर उनले १४ वटा पुस्तक लेखेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५