बुधबार, माघ ९, २०८१
05:04
|
१०:४९
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा
नेपाली लिङ्क
डिसेम्बर २०, २०२४
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै रिहा गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पूर्जीको आधारमा पुन: पक्राउ गरेको थियो ।
रिहाइपछि प्रसाईंले तस्करबिरुद्ध आफ्नो लडाईं जारी रहने बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५