बुधबार, पुष ३, २०८१
05:04 | १०:४९

भागेर बेलायत आएका सुमेरु सहकारीका महर्जनविरुद्ध झण्डै चार अर्बको मुद्दा दायर

नेपाली लिङ्क डिसेम्बर १७, २०२४

लन्डन । भागेर बेलायत आएका सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध ललितपुरमा झण्डै चार अर्बको मुद्दा दायर भएको छ ।

सहकारीको रकम ठगी गरेर बेलायत भागेका सुमेरु सहकारीका पूर्वअध्यक्ष महर्जनविरुद्ध तीन अर्ब ९३ करोड बिगो कायम गरी जिल्ला अदालत, ललितपुरमा सोमबार मुद्दा दायर भएको हो ।

हदम्याद सकिन लागेकाले मुद्दा दायर गरिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो अनुसन्धानमा महर्जन एक्लैलाई हिनामिनाको भागीदार बनाएको छ ।

महर्जनलाई इन्टरपोलले रेड नोटिस जारी गरेपनि उनलाई प्रहरीले नेपाल लैजान सकेको छैन । सहकारीमा समस्या आएपछि सपरिवार उनी बेलायत भागेर आएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू