सोमबार, पुष १, २०८१
18:57 | ००:४२

सबै दलको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्रीको प्रतिवद्धता

रासस डिसेम्बर १५, २०२४

काठमाडौं, मंसिर ३०– गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन्।

चितवनमा आइतबार भएको पत्रकार सम्मेलनमा उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउन संविधान संशोधन गर्न लागेको बताए।
‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ। संशोधन दुईवटा दलले मात्रै गर्ने होइन,’ उनले भने।

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।

‘संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु प¥यो। प्रारम्भिक छलफल भएको छ। सबै दललाई समेटेर संविधान संशोधन गर्छौं,’ उनले भने।

सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको पनि उनको भनाइ थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू