बिहीबार, मंसिर २७, २०८१
13:00 | १८:४५

सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

रासस डिसेम्बर ८, २०२४

काठमाडौं, मङ्सिर २३-कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्।

सभापति देउवानिवास बुढानीलकण्ठमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

आजै नेपाल आएका विदेशमन्त्री लुले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबिचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू