बिहीबार, मंसिर २०, २०८१
19:03 | ००:४८

ईयूले धुम्रपान विरोधी कडा कानून ल्याउने

 रासस/एएफपी  डिसेम्बर ३, २०२४

ब्रसेल्स । युरोपेली संघ (ईयू) का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने तयारी गरेका छन् ।

सदस्य राष्ट्रहरुले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरुको बैठकमा उक्त प्रस्ताव पेश गरिनेछ ।

कूटनीतिक स्रोतहरुका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।

यसले सरकारले भविष्यमा धुम्रपानका कारण हुने मृत्यु र रोग कम गर्न खोज्ने नीतिहरुलाई सङ्केत गर्छ ।

सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयूका देशहरुलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ ।

उक्त कानुन अन्तर्गत स्वीमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रुफटप बार र रेष्टुरेन्ट टेरेसलगायत स्थानमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू