सोमबार, मंसिर १७, २०८१
11:33
|
१७:१८
चार देशका राजदूतले लिए शपथ
नेपाली लिङ्क
डिसेम्बर १, २०२४
काठमाडौं । चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।
संयुक्त राज्य अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए ।
शपथ समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५