बुधबार, मंसिर १२, २०८१
01:22
|
०७:०७
पाकिस्तानको साम्प्रदायिक झडपमा ८८ को मृत्यु
रासस/ सिन्ह्वा
नोभेम्बर २६, २०२४
इस्लामावाद, मङ्सिर ११ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।
यस आक्रमणले सिया र सुन्नी समुदायहरूबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनमा धेरै आक्रमणले मृतकको सङ्ख्या अझै बढ्दै गएको छ ।
हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ