बेलायतमा बेपत्ता भए नेपाली विद्यार्थी, खोजीमा जुट्यो समुदाय
लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी पाँच दिनदेखि बेपत्ता भएका छन् ।
युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २३ वर्षीय सचिन भट्टराई बेपत्ता भएका हुन् ।
गत शनिबार नोभेम्बर १६ तारिख साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारलाई उदृत गर्दै नेप्लिज इन यूके ग्रुप सञ्चालक विरेन्द्र नेपालले नेपालीलिंकलाई जानकारी दिए ।
गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ । उनको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ । सचिन एमबीए अध्ययनका लागि बेलायत आएका थिए ।
यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए ।
उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो । सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।
प्रहरीले खोजी कार्य जारी राखे पनि नजिकको सम्बन्धित मानिस नभएकाले जानकारी दिन अस्वीकार गरेको यती नेपाली एसोसिएसन यूके महासचिव टंक भट्टराईले जानकारी दिए । बेलायतमा उनको नजिकको मानिस खोजी भइरहेको पनि उनले बताए ।
सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ ।
Nepal contact : +977 9816317102 / +977 9842283286
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५