आइतबार, मंसिर ९, २०८१
01:53 | ०७:३८

इजरायली हमलामा सिरियामा ३६ को मृत्यु, ५० बढी घाइते

रासस/एएफपी  नोभेम्बर २१, २०२४

दमास्कस (सिरिया)। सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर-सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।

“इजरायलले अल-तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनलाई निशाना बनाएर हवाई आक्रमण  गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

सिरियाको विदेश मन्त्रालयले ‘पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमण’ को कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरुका जनता विरुद्धको निरन्तर अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरुले कब्जा गरेका थिए । सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरुमा प्रत्यक्ष क्षति नभएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू