सोमबार, मंसिर ३, २०८१
21:56 | ०३:४१

किरात राई यायोक्खा बेलायत रसमूरमा नयाँ कार्यसमिति

नेपाली लिङ्क नोभेम्बर १७, २०२४


लन्डन । किरात राई यायोक्खा बेलायत रसमूरमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

किरात राई यायोक्खा बेलायत रसमूर प्रारम्भिक कार्यसमितिको मेयफेर कम्युनिटी सेन्टर फानबोरोमा भएको सातौं अधिवेशनले खड्क राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धन राई, उपाध्यक्षहरु प्रेम राई, नमिता राई, नवराज राई, लक्ष्मी राई र कृष्ण राई, सचिव जय पुमा राई, सहसचिवहरु तिलक राई र दिलु राई, कोषाध्यक्ष नवराज राई (माइला), सह-कोषाध्यक्ष पदमा राई र भविन्द्र राई चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै सदस्यहरुमा मेनुका राई, मिना राई, कमल राई, अमृत राई, जसुधा राई, गणेश राई, बेद राई, नविन राई, राजेन राई, नरेश राई, सैलेश राई, मनिराम राई, दयिन्द्र राई, भक्त राई, मिनकुमार राई, युगल राई र सनम राई छनोट भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति प्रमुख जितेन्द्र राईले शपथग्रहण गराएका थिए ।

अधिवेशन प्रमुख अतिथि किरात राई यायोक्खा बेलायतकी उपाध्यक्ष प्रमिला लाबुङ राई र किराया रसमूर शाखा अध्यक्ष ध्रुवसरी राईले दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।

कार्यक्रम खुला र बन्दसन्त्र गरी दुई भागमा विभाजन गरिएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अगाडि संस्थाका उपाध्यक्ष प्रेमबहादुर राईले ‘सेफ्टी ब्रिफ’ गरे । सचिव जय पुमा राईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष धन राईले दिएका थिए ।

अधिवेशनमा किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष चन्द्रबहादुर राई, पूर्वअध्यक्ष रामधन राई साथै शाखाका निवर्तमान अध्यक्ष परशुराम राईले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाको सांगठानिक प्रतिवेदन सचिव जय पुमा राई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज राईले पेश गरेका थिए ।

अध्यक्ष ध्रुवसरि राईले दुई कार्यकालभरि सहयोग गर्ने कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिँदै वर्तमान कार्यसमिति विगठन गरी संस्थाको सम्पूर्ण जिम्मा निर्वाचन मण्डललाई दिएकी थिइन् ।

निर्वाचन मण्डलमा प्रमुख किरात राई यायोक्खा बेलायतका निवर्तमान उपाध्यक्ष जितेन्द्र राई, सचिव प्रमिला लाबुङ राई र सदस्यमा थामबहादुर राई थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू