आइतबार, पुष ७, २०८१
12:58 | १८:४३

बीसीसी यूकेबाट विदा भए लोपेन दावा

नेपाली लिङ्क नोभेम्बर ९, २०२४

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाई गरेको छ । 

गत शुक्रबार बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, प्रमुख लामा खेन्पो सेनाङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, आमाहरु र सल्लाहकारहरुले खादा लगाई दावालाई बिदाई गरिएको हो ।

काठमाण्डौं बौद्धस्थित शेछेन गुम्बामा आवद्ध लोपेन गत मेदेखि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्ड, धार्मिक प्रवचन साथै विभिन्न पूजापाठ गर्दै आएका थिए । भुटान घर भएका लोपेन दिल्ली हुँदै स्वदेश फर्किन लागेका हुन् ।


बीसीसी यूकेले गत २० अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरेको भएपनि उनी शुक्रबार स्वदेश फर्कन लागेका हुन् ।

सो अवसरमा गुम्बाका धर्म गुरुहरु लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, बीसीसी यूके पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, सचिव रिन्जी शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङलगायत आमाहरुले समेत खादा लगाई बिदाई गरेका थिए ।

त्यस्तै, उनलाई बीसीसी यूकेका लामा हर्क जंग घले, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टसम्म गएर बिदाई गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू