आइतबार, पुष ७, २०८१
12:57 | १८:४२

काभ्रे सोसाइटी यूकेद्वारा बाढीपहिरोमा मृत्यु हुने ७९ जनाको परिवारलाई सहयोग

नेपाली लिङ्क अक्टोबर ३०, २०२४

लन्डन–काभ्रे सोसाइटी यूकेले गत महिना आएको बाढीपहिरोबाट प्रभावित जिल्लावासीलाई सहयोग गरेको छ ।

बाढीपहिरोमा परी मृत्यु हुने जिल्लाका जम्मा ७९ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

बाढीपहिरोबाट गृहजिल्लामा ठूलो क्षति पुगेपछि अध्यक्ष नारायण फुयांल नेतृत्वको काभ्रे सोसाइटी यूके टीमले सहयोग अभियान सञ्चालन गरेको थियो । जसको संयोजन सल्लाहकार तस्विर लामाले गरेका थिए ।

काभ्रे सोसाइटी यूकेका कोषाध्यक्ष जीवन थापाले वाढीपहिरोमा परेर निधन भएका व्यक्तिका आफन्तलाई नगद रकम उपलब्ध गराएको बताए । प्रति व्यक्ति १२ हजार ७ सयका दरले निधन भएका ७९ जनाका आफन्तलाई रकम हस्तान्तरण गरिएको उनले बताए ।

उक्त कार्यका लागि उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा र महासचिव महेश पौडेलले समन्वय गरिरहेका छन् । सहयोग रकम पालिका, वडा तथा मृतक व्यक्तिका घरघर पुगेर समेत हस्तान्तरण गरिएको छ ।


सहयोग हस्तान्तरणको पहिलो दिन बेथानचोक र पनौती क्षेत्रका पीडितका आफन्तलाई उपलब्ध गराइएको छ भने बाँकी पीडितहरुलाई पालिका, वडा तथा पायक पर्ने विभिन्न स्थानबाट उपलब्ध गराइने कोषाध्यक्ष थापाले बताए।

पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले काभ्रे सोसाइटी यूकेको सहयोगमा पनौती उद्योग बाणिज्य संघका तर्फबाट योगदान गर्न पाएकोमा खुशी व्यक्त गरका छन् ।

सहयोग हस्तान्तरणका क्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित वडा अध्यक्षहरुको सहभागिता थियो । पनौती १० का वडा अध्यक्ष मोहन भण्डारी, १२ का अध्यक्ष जयराम केसीसहितको उपस्थितीमा पीडितहरुलाई राहत उपलब्ध गराइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू