आइतबार, कार्तिक ११, २०८१
16:03 | २१:४८

राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या: अध्यक्ष केसी

नेपाली लिङ्क अक्टोबर २७, २०२४


काठमाडौं- गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका छन्।

आइतबार होटल सोल्टीमा आयोजित संघको ग्लोबल कन्क्लेभ तथा साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताए ।

कार्यक्रममा अध्यक्ष केसीले संघले विश्वभर नेपालको राम्रो छवि बनाउने काम गरिरहेको बताए।

संघले विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधैँ तयार रहेको उल्लेख गरे।

‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने, ‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सिमा नतोकी लगानी भित्रयाउन दिनुपर्छ।’ 

अध्यक्ष केसीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपनि त्यसको कुनै काम नभएको बताए । ‘सरकारले नागरिकता त दिएको छ तर कुनैपनि सरकारी काममा प्रयोगमा आउँदैनन,’ उनले भने, ‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनु पर्छ।’ 

उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए। ‘सिआइबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ केसीले भने, ‘अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्‍यो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू