शनिबार, कार्तिक १०, २०८१
16:48 | २१:३३

राष्ट्रिय कलाकारसंगै नटिङहममा दशैंतिहारको उल्लास

नेपाली लिङ्क अक्टोबर २६, २०२४

लन्डन- मिडल्यान्डको नटिङहम क्षेत्रमा बस्ने नेपालीहरुले विशेष कार्यक्रमसहित नेपाली पर्व दशैंतिहारको उल्लास मनाएका छन् ।

नेपाली समाज नटिङहमको आयोजनामा गत सोमबार सम्पन्न दशैंतिहार शुभकामना साँझमा नेपालका राष्ट्रिय कलाकारसमेतले मनोरञ्जनात्मक प्रस्तुति दिए ।

तीन सय बढी स्थानीयको सहभागिता रहेको कार्यक्रममा चर्चित कलाकारद्धय रामकृष्ण बम मल्ल र कला लम्सालले सांगीतिक प्रस्तुति दिएका थिए । साथमा स्थानीय कलाकारले पनि आकर्षक नृत्यसहितका प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षता रहेको कार्यक्रमलाई अध्यक्षसंगै संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र वुमन फाउण्डेशनकी अध्यक्ष निरू चालिसेले पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष एवम् एनआरएनए आइसीसी सदस्य विष्णु चालिसे, पूर्व अध्यक्ष प्रविण पाण्डे, पूर्व अध्यक्ष एवम् एनआरएनए यूके महासचिव गोविन्द खरेल, संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र वुमन फाउण्डेसनकी अध्यक्ष निरू चालिसेले मन्तव्य राख्दै दशैंतिहारको शुभकामना दिए ।

समाजका पूर्व अध्यक्षसमेत रहेका साझा नेपाली समाज यूकेका वर्तमान अध्यक्ष दिपक सापकोटाले साझा नेपाली समाजको तर्फबाट सहभागीलाई स्वागत एवं सम्मान गरेका थिए ।

समाजका उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बीरेन्द्र खड्का (रेशम) ले कार्यक्रम सञ्चालन र हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र शर्माले हल सजावट, कोषाध्यक्ष रविन्द्र गिरी र कार्यसमिति सदस्य खगेन्द्र सहानी र अर्जुन सापकोटाले कोष व्यवस्थापन र राफल ड्र संयोजन गरेका थिए । खानपान व्यवस्थापन कार्यसमिति सदस्य चोलाकान्त न्यौपाने, भवानी आचार्य, हेमलाल गैरे र द्रोण डांगीले गरेका थिए ।

कार्यक्रमको हल सजावट र अतिथि सत्कार एवम् व्याज वितरणमा वुमन फाउन्डेसन अध्यक्ष निरु चालिसे र कला भट्टराईलगायत खटिएका थिए।

अध्यक्ष रामप्रसाद पन्थीले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको दोस्रो चरणमा मनोरञ्जनात्मक सत्र समाजका सदस्य यज्ञ डुम्रेले सञ्चालन गरेका थिए भने डिजे हेम विष्टले रमाइलो गीतहरुमा नचाएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू