शनिबार, कार्तिक १०, २०८१
09:31 | १४:१६

सत्ता टिकाउन मोदीको जालझेल

जनक रोका अक्टोबर २५, २०२४

लेखक जनक रोका

भारतमा नरेन्द्र मोदीले विपक्षीहरुलाई तह लगाउन झुट्ठा आरोप लगाई भ्रष्टाचारबारे सोधपुछ गर्ने सिबीआइ लगाएर गिरफ्तारी गराउने र वर्षौ जेलमा राख्ने गरे । हाइकोर्टमा समेत सेटिङ गरेर मुद्दा आफू अनुकुल फैसला समेत गराए। जसबाट जनताले जेल गएका भ्रष्ट नै हुन भन्ने हल्लाले काम गरयो ।

यो केवल आफ्नो पार्टीलाई चुनाव जिताउने दुष्प्रचार मात्र थियो। यसमा मोदीले धेरै सफलता पनि पाए। विपक्षी नेताहरु यति धेरै छानविनमा परेकी जसले विजेपी पार्टीका नेताले गरेको भ्रष्टचार लुकाउन सफल भए । अथाह पैसाले गर्दा निपक्ष छानबिन गर्ने संस्थाहरुका ठूला मान्छे सबै बिके ।

गत अप्रिल २०१४ को लोकसभा चुनाबमा स्पष्ट बहुमत त पाएनन् तर सबै भन्दा बढी सीट ल्याउने पार्टी बीजेपी बन्यो । सोही चुनाबमा विपक्षीलाई सोधपुछ भनेर जेलमा पठाएर केही बढी सीट हात पार्न सफल भए पनि चुनाबपछि सुप्रीम कोर्टबाट सबै मुद्दाहरु झुठ्ठा ठहरिएर अरविन्द केजरीवाल लगायत कैयौं नेताहरु जेल बाहिर आएका छन् । काश्मीरमा आतंक फैलाएर राष्ट्रपति शासन लगाउने अवसर बनाए । पूरै भारतमा हिन्दुको संख्या निकै भएकाले मुसलमानहरु दमन गरेर भोट धेरै पाउने जाल बुने ।

काश्मीर बाहेक अन्य प्रान्तका मुसलमान नेताहरुलाई आतंकवादी भनेर थुन्ने र पुलिस इन्काउण्टर गरेर धेरै मुस्लिम नेता मारे, जनमत बटुले । यसमा मुस्लिम सुपर स्टारहरु हेर्ने दृष्टिकोण बदल्न निकै षडयन्त्र र प्रचारबाजीबाट लोकप्रियता लिए । पश्चिम बंगालकी विपक्षी नेतृ एवं मुख्यमन्त्री ममता बेनर्जीको बहुमतलाई कमजोर पार्न उनलाई समेत विभिन्न आतंकको बहानामा सीबीआई लगाएर जेल हाल्ने कोशिस भने असफल भयो । अझै पनि कोलकत्ताका विभिन्न अपराधहरुसंग उनको संलग्नता छ भन्दै छानविनको दबाब दिने काम गरिराखेका छन् ।

उत्तरी भारत नागाल्याण्डमा पनि विरोधी तह लगाउन ठूलो दमन गरी पूरै आगो लाग्यो । जसमा कैयौं महिलाहरु क्यामेरा अगाडि नै बलात्कृत भएको दृष्य देखियो । जो विश्वसामु अत्यन्तै निन्दनीय भयो। यसबाट मनोरञ्जन क्षेत्रमा त ति स्टारहरु नाम–दाम कमाउन केही फरक परेन तर भोटरहरुलाई आफनो पार्टीमा भोट हाल्ने प्रभाव बढाए । नेपालमा पनि केही भ्रष्ट मधेसी नेताको आडमा नाकाबन्दी लगाएर नेपालीलाई सास्ती बनाउन सफल भए । तर त्यसको फाइदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले मतदाता रिझाउन प्रयोग गरे । प्रमुख प्रतिपक्षी दल इन्डियन कांग्रेसको प्रमुख नेता राहुल गान्धीको नेतृत्वकला कम प्रभावशाली भएकाले पनि त्यसको भरपुर फाइदा उठाएर सत्ता अवधि बढाउन सफल भए मोदी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्विर- एपी

मोदीको अर्को डरलाग्दो रूप के छ भने विपक्षी ठूला नेताहरुलाई देशद्रोहको मुद्दा लगाउने । यसमा पुलिसबाट नक्कली इन्काउन्टर गराए । केही ग्याङ्का गुण्डाहरुलाई जेलमा सुरक्षित राखेर उनीहरुमार्फत सुटर लगाइ सफाया पनि गर्न लगाए । विश्वमा चर्चित भारतीय गुप्तचर संस्था रअ ले पनि मोदीको इसारामा भारत, नेपाल लगायत संसारभर मोदीका विरोधी मार्ने अभियान सुरु गरयो ।

अमेरिका, क्यानडा र यू केमा पनि मान्छे मार्न सफल भए । रसियामा पुटीनसँग राम्रो सम्बन्ध देखाएर पश्चिमी देशहरुलाई चुनौती जस्तो देखाइ आफ्नो रवाफ देखाउन थाले । अनि रसिया र युक्रेनको लडाँइबाट एकलिएको रूसबाट सस्तोमा पेट्रोलियम पदार्थ भारत भित्रयाउन सफल भए । यसले पनि मोदीलाई केही हदसम्म चुनाव जित्न मद्दत पुग्यो ।

अहिले सरकार टिकाउन एकातिर सत्ता साझेदार दक्षिण भारतका चन्द्रबाबु नाइडु र विहारका नितिश कुमारलाई रिझाउन खर्च भइरहेको छ । अर्को तिर चीन, पाकिस्तान लगायत पश्चिमी देशहरुसँग इन्डियाले दुस्मनीको परिणाम झेल्नु परेको छ। हतियारमा निकै शक्तिशाली भएपनि लडाँइमा प्रयोग हुने प्रविधिका लागि भारतलाई पश्चिमी देशको निर्भरता कायमै छ ।

मानौं गाडी पनि छ त्यसभर सामान पनि छ तर बाटो छैन भने जस्तै छोटकरीमा । विश्वमा चर्चित भारतमा लामो समयदेखि गृहमन्त्री सम्हालेका अमित साह समेत गुप्तचर संस्था रअ संग मिलेर विरोधीहरु मार्ने षड्यन्त्रको स्पष्ट प्रमाण समेत हालै अमेरिकाले प्रकाशित गरेको छ । हत्यामा संलग्न भएको लेख्नुको अर्थ के भने सत्ताको नेतृत्वले आफ्नो गलत उद्देश्यका लागि राम्रो काम गरे पनि अन्त्यमा त्यसको परिणाम गलतै हुन्छ । यसका लागि सोझा जनताले दुःख खेप्नु पर्छ । त्यसैले जहिले पनि सही नेतृत्व चुनौं ।

जनक रोका, लन्डन यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू